एनआरएनए जापान क्षेत्रीय समिति क्युस्यु द्वारा अंग्रेजी नयाँ वर्ष २०२०को अवसरमा भ्रमण वर्ष २०२० को प्रचार प्रसार तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

Published On: Thursday, January 9, 2020 | Source: NRNA JAPAN

गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजना र क्युस्युमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा केक काटेर खुसी मनाउनुका साथै जापानीजहरुको बाक्लो आवतजावत हुने स्थान हाकाता स्टेसनमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार सामग्रीहरु वितरण गरिएको थियो ।

उद्घाटन कार्यक्रममा क्युस्युमा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा जापानिज नागरिकहरुलाई भिजिट नेपालको पोस्टर वितरण गर्नुको साथै नेपालबारे जानकारी समेत गराइएको थियो । 

यस्ता कार्यक्रमले नेपाल भ्रमण वर्षबारे जापानिज नागरिकलाई जानकारी दिनुको साथै नेपालको समेत प्रचार हुने आयोजकले विश्वास व्यक्त गरेको छ । गैर आवासीय नेपाली संघ क्युस्युका संयोजक देवराज उप्रेतीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि अन्य कार्यक्रमहरुमा पनि साथ र सहयोगको अपेक्षा राखे ।

 

News source : sajhapost.com