भ्रमण वर्ष २०२० मूलआयोजक समिति जापानको सचिवालयको बैठक सम्पन्न जनवरी ७ मा आयोजना हुने उद्घाटन कार्यक्रमको अन्तिम तयारी पुरा ।

Published On: Saturday, December 26, 2020 | Source: NRNA JAPAN

विश्वभर रहेका नेपाली दूतावास तथा नियोगले सम्बन्धित देशमा रहेका गैरआवासीय नेपाली संघसंगको सहकार्यमा विश्वभरनै भ्रमण वर्ष २०२० मनाउने निर्णय अनुसार आज जापानमा पनी नेपाल भ्रमण वर्ष २०२० मुलायोजक समितिको सचीवालय बैठक बस्यो ।

जापान स्थित नेपाली राजदूतावासमा महामहिम राजदूत प्रतिभा राणाज्यूको प्रमुख आतिथ्यमा बसेको बैठकमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा निवर्तमान अध्यक्ष तथा संघका भ्रमण वर्ष २०२० का अन्तराष्ट्रिय संयोजक भवन भट्टज्यूको पनी विशेष उपस्थिति रहेको बैठकले जनवरी ७ मा हुने भ्रमण वर्षको उद्घाटनको तयारीको समिक्षा गर्दै अन्तिम तयारी पुरा भएको जानकारी गराउछौँ। उक्त उद्घाटन कार्यक्रममा नेपालका बिभिन्न पर्यटकीय स्थलहरुको भिज्युअल सामाग्री प्रदर्शन गर्ने, एकजना जापानीजले नेपालगई नेपालको बिभिन्न स्थानको भ्रमण गरी तयार पारेको भिज्युअल सामग्री प्रदर्शन गर्ने, नेपाली कल्चरल नृत्य रहने र जापानीज पाहुना हरुलाई नेपाली खानाका परीकारले पनि स्वागत गर्ने जस्ता कार्यक्रम रहेकाछन् ।

उक्त कार्यक्रममा १२० जना भन्दा बढी जापानीज हरु आउने निश्चित भैसकेको साथै जापान सरकारका संसदीय उपविदेश मन्त्री, नेपालका लागी पुर्व जापानीज राजदूत, सगरमाथा आरोहीहरुको पनि उपस्थिति रहने भएकोछ । आजको बैठकमा उक्त दिन प्रदर्शन गरीने भिज्युवल सामाग्रीहरुको डेमो हेरी परीमार्जन गर्नु पर्ने ठाउमा सुझाव दिइएको थियॊ । बैठकमा उक्त कार्यक्रम आयोजनाका निम्ति महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएका जिज्ञान कुमार थापाज्यू, उपयोनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, मुलआयोजक सचिवालय सदस्य तथा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले, एनआरएनए जापानका सल्लाहका बिकाश श्रेष्ठ, एनआरएनए आइसीसी एसीया प्यासिफिक यूवा संयोजक दिपक कंडेल, नमस्ते नेपाल सिजुवकाका अध्यक्ष तथा इन्जिनियरिंग कलेजका भिजिटिंग प्रोफेसर नरेश महर्जन, जापानीज पत्रकार युमीको इताका लगायतको उपस्थिति थियो ।

धन्यवाद
एनआरएनए एनसीसी, जापान