जापानमा भ्रमण वर्ष २०२०को औपचारीक उद्घाटन सम्पन्न ।

Published On: Tuesday, January 7, 2020 | Source: NRNA JAPAN

यही जनवरी ७ तारीकका दीन जापानको टोकीयोमा भ्रमण वर्ष २०२०को औपचारीक उद्घाटन भएकोछ । उक्त कार्यक्रम आयोजनाको निम्ति जापान स्थित नेपाली राजदूतावास र एनआरएनए एनसीसी जापानविच बिभिन्न चरणमा बैठकबसी ७ सदस्यीय सचिवालयको गठन पनी भएको थियॊ । ७ तारीकको उद्घाटन समारोह अत्यन्तै सफल रहेको थीयो।राजदुत निवासको सभा हलमा, उल्लेख्य जापानी अतिथिहरुको उपस्थितीमा ,भ्रमण वर्षको सफलताको कामना गर्दै, स्वस्तिवाचन सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भ्रमण वर्षको लोगो सहितको ब्यानर खोलेर जापानमाऔपचारिक उद्घाटन गर्नुभएको थियो।कार्यक्रममा,नेपाल तथा नेपाली पर्यटनको बारेमा जानकारीहरु प्रस्तुत गरिएको थियो । यसका साथै नेपालमा समय व्यतित गरेकाजापानी नागरिकले नेपालको चितवान राष्ट्रिय निकुन्ञ्जमा खिचेका विभिन्न  जंगली जनावार तथा पंक्षीहरुको जानकारी सहितकोसामग्रीहरुको पनि प्रस्तुत गरिएको थियो ।

उदघाटन  समारोहमा एनआरएनए आइसीसीका भ्रमण वर्ष २०२० अन्तराष्ट्रिय संयोजक तथा निवर्तमान अध्यक्ष भवन भट्टज्यू, जापान सरकारका पूर्व मन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा मन्त्रालयका वरिष्ठपदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत मासामिची साइगो, पूर्व राजदूतहरु, एनआरएनए जापानका पदाधिकारीहरु, नेपालीदूताबासका पदाधिकारी लगायत ठूलो संख्यामा जापानी तथा नपालीहरुको उपस्थिति रहेको थियो ।सोहि दिन एनआरएनए जापानका क्युस्यु क्षेत्रीय समिति, कान्साई क्षेत्रीय समितिलाइ पनि बिभिन्न कार्यक्रम गरि भ्रमण वर्षको प्रचारप्रसार गर्न निर्देशन दिइएको थियो ।

भ्रमण वर्ष अवधिभरनै विभिन्न कार्यक्रमको आयोजना गरी पर्यटन प्रवर्धन गरीनेपनी जानकारी गराउन चाहन्छौ ।

 

एनआरएनए एनसीसी  जापान ।