निर्वाचनको बिधिप्रक्रिया सम्बन्धित जानकारी:

Published On: Thursday, August 15, 2019 | Source: NRNA JAPAN

मिति १५ अगस्त २०१९

एन आर एन जापान राष्ट्रीय समन्वय परिषदको (२०१९-२०२१ ) को आगामी कार्यकालका लागि निर्वाचन (२०१९-७-१५)का निम्ति गठित निर्वाचन समिति संयोजक राजन प्रधानाङग को अध्यक्षतामा बसेको बैठकले निर्वाचन सम्बन्धि बिषयमा छलफल गरी निर्वाचन मिति , शुल्क , तालिका तथा निर्वाचन सम्बंधी आचारसंहिता पारित गरी निम्न निर्णयहरु सार्वजनिक गर्दछौ |

निर्वाचनको बिधिप्रक्रिया सम्बन्धित जानकारी:

  1. एन आर एन जापान राष्ट्रीय समन्वय परिषदको (२०१९-२०२१) निर्वाचन E-Voting को माध्यम बाट हुनेछ |

  2. उमेदवार एन आर एन जापानको पंजीकृत सदस्य हुनु पर्ने छ । साथमा पासपोर्ट साइजको फ़ोटो र ID कार्डको दुबै साइड को फ़ोटो कपि पेश गर्नु पर्ने छ ।

  3. उमेदबारी दर्ताको सम्बन्धमा निर्वाचन समितिले  तोकिएको बिधि प्रक्रिया र समय अनुसार उमेदवार स्वयंले  उमेदवारी दर्ता गर्नु पर्ने छ ।

  4. तोकिएको पद संख्या भन्दा बढि उम्मेदबारी परेमा अथवा सहमति हुन नसकेको पदमा मात्र निर्वाचन हुने छ ।

  5. उम्मेदवारी परेका सम्पुर्ण पदहरुको परिणाम टुङ्गो नलागे सम्म निर्विरोध अथवा सहमति भएका बिजयी उम्मेदवारहरुको नामावली पनि सार्वजनिक गरीने छैन ।

  6. उमेदवारी दर्ता गर्ने समयमा एन आर एन जापानको पंजीकृत सदस्यता लिएको १ जना प्रस्ताबक र १ जना समर्थक सहित निजहरुको सम्पर्क नंबर र Email पेश गर्नु पर्ने छ ।

  7. तोकिएको दर्ता शुल्क एन आर एन को खातामा रक़म जम्मा गरेको रसीद पनि समावेश गर्नु पर्ने छ |

  8. निर्वाचन समितिले तोकिएको समयमा भन्दा बाहेक उमेददवारी दर्ता लगायतका कुनै पनि प्रकृया सञ्चालन गरिने छैन |

  9. १६ July २०१९  सम्म बनेका पंजीकृत सदस्यले मात्र यस २०१९को  निर्वाचन प्रकृयामा भाग लिन पाउनेछन |

तर सदस्यता बन्ने क्रम भने NCC जापान मार्फत जारी रहने छ |

  1. उमेदवारी फिर्तागर्न दीइएको समयसीमा भित्र उमेदवारी फिर्ता गरेको खण्डमा मात्र शुल्क रकम फिर्ता गरिने छ |

  2. निर्वाचन समितीले निर्वाचन परिणाम घोषणा गर्ने छ र सोहि अबसरमा निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइ पदभार सुम्पने छ ।

  3. एन आर एन जापानको  राष्ट्रीय समन्वय परिषदको (२०१९-२०२१ ) निर्वाचन सम्बन्धि निर्णय गर्ने सर्बधिकार यस निर्वाचन समितीले राख्ने छ |

  4. निर्वाचन  सम्बन्धि जानकारी तथा सार्बजनिक सुनुवाई २५ Aug. २०१९ ( दिनको ३ बजे बाट ) शिनओकुबो सोलमारी सभाहलमा गरिने छ |

*निर्वाचन हुने पदहरु,संख्या र शुल्क:

   

पद

 

सख्या

 

सुल्क

 

कैफियत

 

 

ICC सदस्य (ICC मा बुझाउने शुल्क सहित)

 

 

JPY: 500000

 
 

 

अध्यक्ष

 

 

JPY: 300000

 
 

 

 बरिष्ठ उपाध्यक्ष

 

 

JPY: 250000

 
 

 

महिला उपाध्यक्ष (महिला अनिवार्य)

 

 

JPY: 200000

 
 

 

उपाध्यक्ष

 

 

JPY: 200000

 
 

 

युबा उपाध्यक्ष

 

 

JPY: 200000

 
 

 

क्षेत्रीय उपाध्यक्ष (क्षेत्रीय कार्यसमितिले मात्र चुन्ने)

 

 

JPY: 200000

 
 

 

महासचिब

 

 

JPY: 150000

 
 

 

सचिव

 

 

JPY: 130000

 
 

१०

 

क्षेत्रीय सचिव(क्षेत्रीय कार्यसमितिले मात्र चुन्ने)

 

 

JPY: 130000

 
 

११

 

कोषाध्यक्ष

 

 

JPY: 120000

 
 

१२

 

सह-कोषाध्यक्ष

 

 

JPY: 120000

 
 

१३

 

युवा संयोजक

 

 

JPY: 120000

 
 

१४

 

महिला संयोजक

 

 

JPY: 120000

 
 

१५

 

सदस्य (१ जना महिला अनिबार्य)

 

 

JPY: 100000

 

 

 


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नोट: क्षेत्रीय उपाध्यक्ष र क्षेत्रीय सचिव पद को हकमा भने  क्षत्रीय कार्यसमितिका पदाधिकारी हरुले मात्र मतदान गर्न पाउने छन् |

 

गैर-आवासीय नेपाली संघ जापान

 

९ औ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका २०१९

 

क्र. स.

 

विवरण

 

मिति

 

देखि समय

 

कैफियत

 

 

जानकारी तथा सार्बजनिक सुनुवाई

 

२५ Aug. २०१९ 

 

३ बजे

 

(सोलमारी सभाहल)

 

 

निर्वाचन कार्यतालिका प्रकाशन  

 

२६-Aug-२०१९

 

१० बजे

 

Web &  Media 

 

 

सदस्य नामावली प्रकाशन

 

२६-Aug-२०१९

 

१० बजे

 

Web &  Media 

 

 

सदस्यता दाबी-बिरोध

 

२७-Aug-२०१९

 

११-५ बजे

 

email

 

 

अन्तिम नामवली प्रकाशन  

 

२८-Aug-२०१९

 

१० बजे

 

Web &  Media 

 

 

उमेदवारी  दर्ता

 

२९-३० Aug २०१९

 

१०-५  बजे

 

email

 

 

उमेदवारी नामावली प्रकाशन

 

 १ Sept २०१९

 

१० बजे

 

Web &  Media 

 

 

उमेदवारी दाबी-बिरोध

 

 २-३ Sep. २०१९

 

१०-५  बजे

 

email

 

 

उमेदवारी फिर्ता

 

 ४-५ Sept २०१९

 

१०-५ बजे

 

email

 

१०

 

उमेदवारी अन्तिम नामावली प्रकाशन  

 

 ६  Sept २०१९

 

१० बजे

 

Web &  Media 

 

११

 

निर्वाचन

 

 ८ Sept २०१९

 

१०-४ बजे बाट

 

E-voting

 

१२

 

घोषणा

 

 ८ Sept २०१९

 

  बजे

 

Web &Media  Live

 

१३

 

सपथ ग्रहण तथा पदभार ग्रहण

 

 १० Sept २०१९

 

३ बजे

 

स्थान तय गरिने

*निर्वाचन आचारसंहिता:

१- उमेदवारले एन आर एन जापान राष्ट्रीय समन्वय परिषदको बिधान को अधिनश्त रही निर्वाचन समितिले तोकेको बिधीप्रक्रिया अबलम्बन गर्नु पर्नेछ |

२- निर्वाचन समितिले तोकेको निर्वाचन बिधि र प्रकृया पालना गर्नु पर्नेछ |

३- दाबी बिरोध परेमा निर्वाचन समितिले छानबीन गरि अन्तिम निर्णय गर्नेछ |

४- उमेदवार हुन योग्य नठहरिएमा उमेदवारी छानबीन गरि रद्द गरिनेछ |

५- मतदान सुरु हुनु पुर्ब (४८ घण्टा भित्र) शुन्य समयमा निर्वाचन गतिबिधि पूर्ण रुप निषेध गरिनेछ | गतिबिधि गरिएको पाएमा वा उजुरी परेमा उमेदवारि रद्द गर्न सकिने छ |

६- मतदाताहरुलाइ अनुचित प्रभाव पार्ने कुनै पनि कार्य गरेको उजुरी परेमा उमेदवारि रद्द गर्न सकिने छ |

७- मतदानको समयमा प्राविधीक समस्या देखिएमा आवस्यकता अनुसार समय थप गर्ने वा सार्न सकिने छ ।

* मतगणना सम्बन्धि:

१-अध्यक्षको उमेदवार ले १/१ जाना प्रतिनिधि राख्न पाउने छ |

२-मत परिणाम हरेक २/२ घण्टामा सार्वजनिक जाकारी गराइने छ |

३-मत परिणाम को अन्तिम निर्णय र घोषणा निर्वाचन समितिले गर्नेछ |

४-निर्वाचनको मत प्रारम्भ,गणना र परिणाम घोषणा गर्दा उमेदवारको प्रतिनिधि, ICC का पदाधिकारी तथा पत्रकारहरुको रोहबारमा गर्ने छ ।

५-निर्वाचन अबधिमा कुनै पनि जटिलता श्रृजना भएको खण्डमा निर्वाचन समितीको निर्णयनै अन्तिम निर्णय हुने छ ।

अन्त्यमा, निर्बाचनलाइ शान्त,निष्पक्ष र उत्साह पुर्बक सु:सम्पन्न गर्न सहयोग गर्नुहुन सम्बन्धित सबैमा निर्वाचन समिती हार्दिक अनुरोध गर्दछ |

राजन प्रधानाङग

संयोजक

 

बेलु काजि थापा

सचिब

 

निर्वाचन समिति,२०१९

गैर-आवासीय नेपाली संघ जापान

 

For more Information;

Please visit web:
https://jp.nrna.org/ Or NRNA Japan Facebook page.