एनआरएनए जापानले वाल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

Published On: Friday, March 29, 2019 | Source: NRNA JAPAN
वक्तृत्वकलाको लागि टोकियो तथा क्षेत्रिय समिति मार्फत पनि सहभागि गराईने आयोजकले जनाएको छ।टोकियो तथा क्षेत्रबाट प्रतिनिधत्व हुनको लागि अप्रिल २५तारिक भित्रमा नाम दर्ता हुनुपर्ने छ।आडिशन र ट्रेनिंग राउन्ड – अप्रिल २७ तारिक १३:३० बजे बाट 東京都杉並区阿佐谷南3-2-19 आसागया स्थित हलमा हुने छ, भने फाईनल स्पीच प्रतियोगिता मे १२ तारिक दिवा १३:०० बाट १७:०० बजे सम्म मेगुरो कुमिन सेन्टरमा हुने छ। क्षेत्रिय समितिहरुले पनि अप्रिल २७ तारिक भित्र छनौट गरि प्रत्येक क्षेत्रबाट १-१ जना सहभागि फाईनल स्पीच प्रतियोगिता को लागि पठाईसक्नु पर्ने छ।टोकियो बाट २७ तारिक छनौट भएका १५ प्रतियोगि र क्षेत्रबाट छनौट हुनुभएकाहरुले मात्र मेई १२ तारिकको अन्तिम छनौट प्रकृया मा सहभागि हुन पाउने छन्। फाईनलमा छनौट हुने लाई पहिलो पुरस्कार ¥७०,००० ,दोस्रो पुरस्कार ¥५०,००० र तृतीय पुरस्कार ¥३०,००० रहने छ। जापानका विभिन्न विद्यालयहरूमा अध्य्यनरत ८ वर्षदेखि १५ वर्ष समूहका स-साना भाइबाहिनीहरुको मनोबल, आत्मविश्वास तथा आफूमा भएका वाक् कलाहरूलाई प्रस्फूटन गर्ने उद्देश्यका साथ जापानी , अङ्ग्रेजी र नेपाली भाषामा हुन गइरहेको पहिलो वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन इच्छुक भाइबहिनीहरुले संलग्न मेल nrnanccjapan@gmail.comमा फाराम भरि पँठाउनु हुन अनुरोध गर्दै कुनै जानकारी लिनु परेमा तपसिल फोन नम्बरमा सम्पर्क गर्नुहुन अध्यक्ष टासि वाङदी लामाले अनुरोध गर्नु भएको छ।