एनआरएनए जापानको चिवा क्षेत्र गठन,संयोजकमा सुवेदी चयन

Published On: Tuesday, March 5, 2019 | Source: NRNA JAPAN

टोकियो । गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले चिवा क्षेत्रीय समिति बिस्तार गरेको छ ।
आइतवार एक भेला गरी क्षेत्र विस्तार गरेको हो सो भेलाबाट विष्णुप्रसाद सुबेदी संयोजकमा चयन हुनू भएको छ ।
उप-संयोजकहरुमा सुरज राई र राजन भट्टराई र महिला उप-संयोजकमा लक्ष्मी केसी,सचिबमा समीर खड़का,सह-सचिबमा गुनराज शर्मा,कोषाध्यक्षमा मुक्तिराज रेग्मी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा राजु पौडेल,मन्जु गिरी,दिनेश गौतम,शंकर सूबेदी,पिताम्बर गौतम चयन हुनु भएको छ ।
बड्दो नेपाली संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै क्षेत्र विस्तार गरेको हो । यस क्षेत्र विस्तार कार्यक्रममा एनआरएनए जापान कांतो क्षेत्रले विशेष सहयोग र कान्तो क्षेत्रीय समितिको आयोजनामा भएको थियो भने नव निर्वाचित टिमलाई एनआरएनए आईसिसी सदस्य महेश कुमार श्रेष्ठले सपथ ग्रहण गर्नु भएको थियो ।
चिवामा तदर्थ कमिटि गठन गर्न उपाध्यक्ष शिव प्रसाद पौडेललाई संयोजकको भूमिका दीइएको थियो ।
एनआरएनए जापानको अध्यक्ष टाशी वाङदी लामाको प्रमुख आतिथ्यतामा भएको भेलालाई सचिव जनकबिक्रम शाहीले संचालन गर्नु भएको थियो ।
सो क्षेत्र गठनमा एनआरएनए आइसीसी सदस्य महेश श्रेष्ठ,एनआरएनए जापानका उपाध्यक्ष सरोज खत्री ,महासचिव बुद्धि राज घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।