वैदेशिक लगानी सेमिनार प्रवर्द्धनार्थ राजदुतावास, एनआरएनए जापान तथा एनविएको पहलमा टोकियोमा कार्यक्रम गरिने, सहभागीताको लागि आग्रह

Published On: Tuesday, January 15, 2019 | Source: NRNA JAPAN

टोकियो । नेपाल सरकारले यहि मार्च २९ र ३० तारिक काठमाण्डौमा बैदेशिक लगानी सम्वन्धि सेमिनारको आयोजना गर्ने भएको छ।

सो सेमिनारको लागि जापानबाट पनि जापानी तथा नेपाली लगानी कर्ता हरुको उल्लेखनिय सहभागिताको लागि नेपाली राजदुतावास बाट बिषय बस्तु जानकारी सहित लगानि कर्ताहरुलाई नेपालमा आयोजना हुने सेमिनारमा सहभागि हुन अपिल गर्ने उद्देश्य सहित टोकियोमा एक कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपाली राजदुतावास टोकियो प्रमुख आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान तथा नेपाली ब्यवसायी संघ (एनबिए) जापानको सहआयोजनामा आगामी फेब्रुअरी ५ तारिक टोकियोमा सम्पन्न हुने लगानी सेमिनारमा उपस्थित सहित नेपालमा हुने सेमिनारमा भागलिन थप जानकारी र नाम दर्ता गर्न सकिने भएकोले सम्पुर्ण जापानी तथा नेपाली लगानि कर्ता हरुलाई उपस्थितिको लागि आयोजक र सहआयोजकको तर्फ बाट हार्दिक अपिल गरिएको छ। साथै, एनआरएन जापानका अध्यक्ष टासी वांग्दी लामाले,वैदेशिक लगानी मुलुकको विकासका लागि महत्वपुर्ण विषय रहेकाले सम्पुर्ण लगानीकर्ताहरुलाई उपस्थिती जनाईदिनहुनका लागि विशेष आग्रह पनि गर्नुभएको छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले बैदेशिक लगानीका विषयमा जानकारी गराउनुहुने छ, साथै नेपालमा बैदेशिक लगानीका सम्भावनाका विषयमा दुई जना विशेषज्ञले सहजीकरण गर्ने कार्यक्रम रहेको एनआरएनए जापानका महासचिब बुद्दीराज घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालमा लगानी गर्न इच्छुक नेपाली जापानी नागरिकको समेत सहभागी हुनेछन्,एनआरएनए आईसीसी तथा जापानका प्रतिनिधी, नेपाली तथा जापानी ब्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ ,जापानका ठुला कंपनी हरुलाइ समेत नेपालमा लगानी गर्न प्रोत्साहन गरिने योजना रहेको छ।

मिति:-२०१९-२-५
समय:-२:००~५:००
स्थान:-४-१३-४१,नाकामेगुरो, मेगुरो -कु, टोकियो।
संपर्क:- nrnanccjapan@gmail.com