निशुल्क कानुनी परामर्शको लागी एनआरएनए जापान र विप्स ल एसोसिएट्सबीच सम्झौता

Published On: Wednesday, January 9, 2019 | Source: NRNA JAPAN

एनआरएनए जापान र विप्स ल एसोसिएट्सबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा सम्झौता
टोकियो । गैरआवासीय नेपाली संगठन (एनआरएनए) जापान र विप्स ल एसोसिएट्स प्रालि काठमाडौंबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।
उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा जापान गएका नेपालीलाई नेपालमा आइपर्ने कानुनी समस्याको समाधान र नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा कम्पनीले कानुनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतामा एनआरएनए जापानका तर्फबाट अध्यक्ष टासी वाङ्दी लामा र विप्स ल एसोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले हस्ताक्षर गरेका छन् ।
नेपालमा लगानीका गर्न चाहने जापानिज लगानीकर्तालाई समेत कम्पनीले उचित कानुनी परामर्श दिने बताइएको छ । एनआरएनए जापानको सिफारिसमा जापानबासी नेपालीले टेलिफोन र इमेलबाटै कानुनी परामर्श लिन सक्ने विप्स ल का सञ्चालक सन्तोष तिवारीले बताए । साथै, विप्स ल एसोसिएट्सले कानुनी परामर्शका लागि एउटा छुट्टै डेस्कको व्यवस्थापन गर्ने समेत सम्झौतामा उल्लेख छ । सम्झौताले नेपालमा लगानीको अवसर खोजेर बसेका गैरआवासीय नेपालीलाई फाइदा पुग्ने विश्वास गरेको सञ्चालक तिवारीले बताए ।
सम्पर्कको विप्स ल एसोसिएट्स इमेल wips.trademark@gmail.com तथा एनआरएनए जापानमार्फ़त सम्पर्क गर्न समेत सकिने एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनुभयो ।