एनआरएनए जापानको वार्षिक साधारणसभा जनवरी पहिलो साता हुने

Published On: Wednesday, December 12, 2018 | Source: NRNA JAPAN

साधारणसभामा नेपाल फ़ेस्टिवल, जापानमा रहेका नेपाली श्रमिक र नेपाली विद्यार्थीहरूको हकहित, नेपालमा महिला हिंसा विरुद्धको अभियान लगायतका समसामायिक विषयमा छलफल हुने भएकाले जापानवासी नेपालीहरुलाई वार्षिक साधारणसभामा उपस्थित हुन गैरआवासीय नेपाली संघ जापानले अपिल गरेको छ।
गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको वार्षिक साधारण सभा आगामी जनवरी ६ मा टोकियोमा हुने भएको छ। शुक्रवार संघको कार्यालयमा अध्यक्ष टासी लामाको अध्यक्षतामा बसेको विशेष बैठकले २०१७-१९ कार्यसमितिको पहिलो वार्षिक साधारणसभा टोकियोको नाकानो जेरो हलमा गर्ने टुंगो लगाएको हो।
संघको आफ्नो बार्षिक कार्यतालिकामा अक्टोबर ६ तारिक साधारण सभा मिति तोकिएको भएपनि सोही समयमा गैरआवासीय नेपाली संघ आर्इसीसीको नेपालमा विधान सम्मेलन र विज्ञ भेला भएकाले समय सारिएको थियो ।
जापानमा हाल लगभग ८५ हजार नेपाली समुदाय र सयको हाराहारीमा रहेका नेपाली संघ संस्थाहरुको अभिभावक संस्था एनआरएनए जापानका करिव १३ हजार साधारण सदस्य रहेका छन् भने विभिन्न १३ प्रीफ़ेक्चरमा क्षेत्रीय कार्यसमिति विस्तार गरिसकेको र आगामी दिनमा आवश्यकता हेरेर अझै विस्तार गदै जाने एनआरएनए जापानका अध्यक्ष टासी लामाले बताउनुभयो।