एनआरएनए जापानले अब अपांगहरूलाई ह्वुईलचियर उपलब्द्ध गराउने

Published On: Wednesday, December 12, 2018 | Source: NRNA JAPAN

शारीरिक रूपमा अशक्त, अपाड्गता भएका नेपालवासी दाजुभाइ दिदीबहिनीलाई एनआरएनए जापानबाट आवश्यक ह्वीलचियर उपलब्ध गराउने विषयमा एनआरएनए (जापान)का अध्यक्ष टाशी वाङ्दी लामा र अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक कपिलदेव थापाबीच करार सम्झौता भएको हो ।
एनआरएनए जापानको टोकियोस्थित कार्यालयमा कार्यसमितिका सदस्यहरूको रोहवरमा शुक्रबार एनआरएनए राष्ट्रिय समन्वय परिषद (जापान) र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदबीच करार सम्झौता भएको हो ।
शारीरिक अपाङ्गता भएका नेपाली दाजुभाइ दिदीबहिनीका लागि जीवन सहज तुल्याउन आवश्यक पर्ने ह्वीलचियर उपलब्ध गराएर परोपकार गर्दै आएका एनआरएन अगुवा कपिलदेव थापाको सक्रियतामा जापानबाट थप ह्वीलचियर उपलब्ध गराउने सम्बन्धी करार सम्झौता गरिएको छ ।

सम्झौतानुसार आवश्यक मागबमोजिम ह्वीलचियर उपलब्ध गराइने र उपलब्ध ह्वीलचियर एनआरएन जापानले नेपालमा सेवाग्राहीसम्म पुर्याउने कार्य गरिने एनआरएनए आईसीसी मानवीय कल्याणकारी सहयोग समितिका संयोजक कपिलदेव थापाले जानकारी दिएका छन् ।