एनआरएनए जापानद्वारा महावीर पुनसँग अन्तर्कृया तथा च्यारिटी डिनरको आयोजना गर्ने,सहभागिताको लागि अनुरोध

Published On: Wednesday, May 16, 2018 | Source: NRNA JAPAN
           टोकियो । जापानको टोकियोमा मे २७ तारिख आईतबार सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुनसँग विशेष अन्तर्कृया सँगै  च्यारिटी डिनर आयोजना गरिने भएको छ ।
          नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार र दुर्गम क्षेत्रमा प्रविधिको माध्यमबाट विकास एवं स्थानिय मानिसहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरी दक्षिण एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे लगायत अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुन अन्तर्राष्ट्रिय दुरसंचार युनियन (आईटियु)को स्थापना दिवसको अवसरमा अतिथिकोरुपमा जापान आउने कार्यक्रम रहेको छ । पुन जापान आएको अवसरमा गैरआवासीय नेपाली संघ जापानले उक्त च्यारिटी डिनर आयोजना गर्ने भएको हो ।
आयोजक गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता पर्शु बस्नेतद्वारा प्राप्त जानकारी अनुसार, टोकियोको सिनओकुबोस्थित टोकियो रोधी क्लबमा आउँदो २७ तारिख अपरान्ह ४ बजे अन्तर्कृया तथा च्यारेटी डिनर कार्यक्रमको आयोजना गरिने छ । आयोजकले, सो गरिमामय कार्यक्रममा सहभागी भई, मुलुकका खातिर आफ्नो,तन/मन/धन र ज्ञान सबै खर्चिएर आम नेपालीहरुको जीवनस्तरमा सुचना प्रविधिको उपयोगबाट आमुल परिवर्तन गराउने महान लक्षमा कटिवद्ध व्यक्तित्वको सम्मान एवं हौसला बढाउनका लागि जापानबासी सम्पूर्ण नेपालीहरुमा आग्रह पनि गरेको छ ।

 

कार्यक्रमको थप बिवरण
मिति: मे २७ तारिख,आईतबार
समय: अपरान्ह ४ बजे
स्थान : टोकियो रोधी क्लव, सिनओकुबो, टोकियो
शुल्क : ५ हजार येन प्रतिव्यक्ती(च्यारिटी डिनरबाट प्राप्त हुने बचत रकम, पुनको राष्ट्रीय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिनेछ )
सम्पर्क : टासी वांग्दी लामा-०८० ३१७८ २७८२,जनक बिक्रम शाही- ०९० ५७८५ ६३०२ र ओम गुरुङ् – ०९० ७२३९ ९७७७
 
(source:nepalnewspost.com)